दोलखा भिमेश्वरलाई फेरि आयो “पसिना”

राजकुमार भुजेल,दोलखा । दोलखा भिमसेनलाई फेरि “पसिना” आएको छ ।

भिमेश्वर गुठीका अनुसार आज दिउसो १२ बजेर ४५ मिनेट को समयदेखि शिलामा फेरि “पसिना” आएको हो । अहिले शीलाको चारैतर्फबाट पसिना आइरहेको छ। शिलामा “पसिना” आएसँगै भक्तजन लगाएतको घुइँचाे लागेको छ। 

यस अघि गता शनिबार मात्र २ पटक “पसिना” आएको थियो। शिलामा “पसिना” आउँदा देशमा सकारात्मक वा नकारात्मक उथलपुथल हुने जनविश्वास रहिआएको छ। 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता