आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखा महोत्सवको तयारी पुरा, प्रधानमन्त्रीबाट उद्घाटन हुने

दोलखा महोत्सवको तयारी पुरा, प्रधानमन्त्रीबाट उद्घाटन हुने

by herdaherdaimedia
0 comments 4 views

राजकुमार भुजेल ,दोलखा । उद्योग वाणिज्य संघ दोलखाको आयोजनामा सुरु हुन लागेको बृहत दोलखा महोत्सव २०८० को तयारी पुरा भएको छ ।
मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत संघले पुष १३ देखि २२ गते सम्म हुन लागेको महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो । महोत्सव स्थल सदरमुकाम चरिकोट स्थित रङ्गशालामा स्टल बनाउने काम सकिएको छ भने स्टल बुकिङ पनि भइसहेको छ। निर्मित स्टलहरु मध्ये ६३ वटा जिल्ला भित्रका संघ संस्थाका लागि , ६० वटा कार्यालयका लागि र जिल्ला बाहिरका लागि २७ वटा छुट्टाएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको संघका महासचिव सुरेश उप्रेतीले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे हेलिकप्टर मार्फत चरिकोट आउनेछन् भने उद्घाटन पश्चात् काठमाडौं फर्कने कार्यक्रम छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड महोत्सव उद्घाटन गर्न दोलखा आउने भएपछि निकै चासोका रुपमा हेरिएको छ । प्रधानमन्त्री आउने भनेपछि जिल्लामा नेता तथा कार्यकर्ताहरुको समेत चहलपहल बढेको छ ।

महोत्सवमा अधिक पर्यटक भित्र्याई जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्न संघले प्रचार प्रसारलाई समेत तिव्रता दिएको छ । १० दिन सम्म चल्ने महोत्सवमा स्थानीय स्तरका उत्पादनलाई विशेष जोड दिइएको छ। संघले धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक, शैलुङ, दोलखा भिमसेन, खरिढुङ्गा, जिरी, चेर्दुङ, रोल्वालिङ, माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायतका अन्य थुपै सम्पदाहरूको व्यापक प्रचारप्रसार गर्न समेत दोलखाबासीलाई अपिल गरेको छ ।

महोत्सवमा विशेषगरी कृषी उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने पनि महासचिव उप्रेतीले बताए ।

त्यस्तै मिलन नेवार, राजनराज सिवाकोटी, एलिना चौहाल, प्रिती आले, ज्योती मगर, नवराज घोरासैनी, रमेश प्रसाईं, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउत लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै स्थानीय कलाकारहरुको प्रस्तुती , विविधि साँस्कृतिक कार्यक्रम, ब्याडमिन्टन प्रतियोगिता लगायत कार्यक्रम समेत हुनेछ । महोत्सवमा चरिकोट टुडिखेल देखी भ्यूटावर हुदै देउराली सम्म घोडचडी सञ्चालन गरिनेछ

महोत्सव हेर्न आउने विद्यार्थी तथा अपाङ्ग, वृद्ध जेष्ठ नागरिकहरुलाई विषेश छुटको व्यवस्था समेत गरेको आयोजकले जनाएको छ। अहिले महोत्सव स्थलमा मनोरञ्जनात्मक लागि संरचना बनाउने काम अन्तिम चरणमा पुगेको छ । महोत्सवले समग्र दोलखाको पर्यटन, कृषि र जलस्रोतमा अब्बल जिल्लाका रूपमा राष्ट्रमाझ चिनाउँदै विकासमा फड्को मार्ने लक्ष्य आयोजकले लिएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment