आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदोलखा महोत्सवले देशको दिगो आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास अभियानको थालनी गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास,नीतिगतसँगै प्राविधिक सहयोग र स्रोत समन्वयमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता

दोलखा महोत्सवले देशको दिगो आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास अभियानको थालनी गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास,नीतिगतसँगै प्राविधिक सहयोग र स्रोत समन्वयमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता

by herdaherdaimedia
0 comments 5 views

दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले बृहत दोलखा महोत्सवले दोलखासहित देशभर आर्थिक पुनर्जागरणको नयाँ अभियानको थलनी गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दोलखा उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाका सरकारी, सहकारी, सामुदायिक तथा निजीक्षेत्रका संस्थाहरुको बृहत सहभागितामा आजबाट शुरु भएको बृहत दोलखा महोत्सव २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले दोलखा महोत्सव देशको आर्थिक पुनर्जागरणको एउटा हिस्सा बन्ने विश्वास व्यक्त गर्नुभएको हो ।

“दोलखा महोत्सवको दिव्य-दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि” भन्ने नारासहित आयोजना भएको बृहत दोलखा महोत्सव नेपालले लिनुपर्ने आर्थिक समृद्धिको एउटा अभियानको उदाहरणीय थालनीका रुपमा स्थापित हुनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । स्थानीय सामर्थ्यमा आधारित दिगो आर्थिक विकासको ढाँचा निर्माण गर्न दोलखा सफल हुने विश्वास व्यक्त गर्नुभएका प्रधानमन्त्री प्रचण्डले स्वदेशी पूँजीले ठूला स्वदेशी आयोजनाहरु सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण दोलखाको अपर तामाकोशी आयोजनाले नै दिएको स्मरण गराउनुभयो । अब स्थानीय पूँजी, स्रोत, श्रम र संरचनामा आधारित आम रोजगार तथा स्वरोजगार सिर्जना गर्नुपर्ने जिकिर गर्दै उहाँले यसका लागि स्थानीय सरकार, सहकारी, समुदाय र निजीक्षेत्रको एकतावद्ध साझेदारी र सहकार्य अनिवार्य हुने बताउनुभयो । आर्थिक समृद्धिको अभियानमा नेपाल सरकारको तर्फबाट आवश्यक पर्ने नीतिगत व्यवस्था, प्राविधिक सहयोग र स्रोत समन्वय जस्ता विषयमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले गर्नुभएको छ ।

भारत चीन जोड्ने अन्तरसीमा सम्बन्ध, संस्कृति र अर्थतन्त्र विकासमा विशेष योगदान पुर्याउनसक्ने क्षेत्रहरुको विकासलाई सरकारले प्राथमिकतामा राख्नेको दाबी गर्दै उहाँले दक्षिण एसियाली सभ्यताकै बहुआयामिक विशेषता बोकेको चीनदेखि दोलखाको तामाकोशी करिडोर हुँदै भारत जोड्ने छोटो दूरीको उत्तर-दक्षिण अन्तरदेशीय राजमार्ग विस्तारलाई सरकारले राष्ट्रिय महत्वको दीर्घकालीन योजनामा समावेश गरिसकेको जानकारी दिनुभयो । देशका अन्य प्रमुख पर्यटकीय स्थलहरु जस्तै दोलखा क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका अनेकौं प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरु भएकोले तिनलाई नयाँ गन्तव्यको रुपमा विकास र विस्तार गर्न सरकारले विशेष भुमिका खेल्ने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाउनुभयो । दोलखा-काठमाडौको राजमार्गलाई पर्यटनमैत्री बनाउनुका साथै अन्य पर्यटकीय पुर्वाधार विस्तार गर्न सरकारले पर्याप्त ध्यान दिने आश्वासन दिनुभएका प्रधानमन्त्री प्रचण्डले अघिल्लोपटक आफ्नै प्रधानमन्त्री कालमा दोलखामा फिल्म सिटी निर्माणका लागि योजना स्वीकृत गरी जग्गाको भोगाधिकारसमेत प्रदान गरिएको र अब उक्त आयोजनालाई पूर्णता दिन सरकारको तर्फबाट सबैखाले सहयोग जुटाइने बताउनुभयो ।

बृहत दोलखा महोत्सवले सिर्जना गर्ने सन्देशले देशको अर्थतन्त्रलाई नयाँ अभियानका रुपमा गतिशील बनाउने विश्वाससहित प्रधानमन्त्री प्रचण्डले पूर्ण सफलताको कामना समेत गर्नुभएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment