आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदोलखा र सिन्धुपाल्चोक जोड्ने ‘डासेँ खोला’ पुल भोली उद्घाटन हुने

दोलखा र सिन्धुपाल्चोक जोड्ने ‘डासेँ खोला’ पुल भोली उद्घाटन हुने

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

दोलखाको शैलुङ गाउँपालिका-१ र सिन्धुपाल्चोकको लिसंखुपाखर-१ जोड्ने ‘डासेँ खोला’ पुल भोली उद्घाटन हुने भएको छ। शनिबार बागमती प्रदेशका पुुर्व वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा पुलको उद्घाटन हुने भएको हो।

पुर्व मन्त्री खड्काको विशेष पहलमा बागमती प्रदेश सरकारले करिब ६ करोड ३० लाख रुपैयाँ वजेट बिनियोजन गरि पुलको निर्माण सम्पन्न गरेको हो । गत २०७९ साल फागुन ५ गते पुर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोक र भीमेश्वर शिव खिम्ती जेभी बीच ठेक्का सम्झौता भई काम सुरु भएको पुलको निर्माण समयमै सम्पन्न भएको हो। 

पुल बनेपछि डासेँ खोला भएर आउजाउ गर्ने स्थानीयलाई निकै सहज हुने भएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment