दोलखा, १२ साउन — भैरवकुमारी जात्राको अवसरमा वाइसीएल नेपाल दोलखाले भैरव बालकुमारी मन्दिर र टसिचा टोल क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको छ।
स्थानीय युवा, माओवादी केन्द्रका प्रतिनिधि र अन्य कार्यकर्ताहरूको सहभागितामा भएको कार्यक्रममा जात्राको मुख्य मार्ग वरपर झाडी हटाएर बाटो खुला र सुरक्षित बनाइएको हो।
आयोजकका अनुसार यस अभियानले युवाहरूको सक्रियता र सरसफाइप्रतिको जिम्मेवारी दर्शाएको छ।