दोलखा। महिलाहरुको पाठेघर चेक जाँच सहितको एकदिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आगामी भदौ २५ गते बिहान १० बजे स्वास्थय चौकी (हेल्थ पोष्ट) पाखलती, दोलखामा सो सिविर सञ्चालन हुने भएको हो ।
भिमेश्वर नगरपालिका – २ का समाजसेवी दिप मणि राज भण्डारीको विशेष पहलमा Rotary club oak land ,सहित Bayareaका Rotary clab of USA को सहयोगमा भिमेश्वर वडा नं -२ वडा कार्यलयको समन्वयमा म्याचमुचा खलक काठमाडौ दोलखाको आयोजना तथा Phekt Nepal को प्राबिधिक सहयोगमा kathmandu model hospital का बरिस्ठ बिषेशज्ञ डाक्टर द्वारा उक्त शिविर सञ्चालन गर्न लागेको स्थानिय समाजसेवि राकेश श्रेष्ठले बताए।
सिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर समुहको महिलाहरुलाई सर्बाईकल क्यान्सर पाठेघर सम्बन्धि निःशुल्क चेकजाँच तथा परामर्श हुने बताइएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!