२७ साउन, काठमाडौं – नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षभन्दा १५ प्रतिशत बढी हो।
अघिल्लो वर्ष बैंकको नाफा ६ अर्ब १९ करोड थियो।
बैंकको खुद ब्याज आम्दानी भने धेरै नबढे पनि ऋणमा घाटा बेहोर्न राखिएको पैसा (लोन लस प्रोभिजन) कम हुँदा नाफा बढेको हो।
पछिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड लोन लस प्रोभिजनमा राखेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ६३ करोड थियो।
बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ। यस अनुसार, बैंकले १७ रुपैयाँ ६४ पैसा लाभांश दिन सक्ने देखिन्छ।
निष्क्रिय कर्जा पनि केही घटेको छ – अघिल्लो वर्ष ४.४५% बाट घटेर अब ४.२७% भएको छ।
बैंकको प्रति सेयर सम्पत्ति (नेटवर्थ) २३५ रुपैयाँ छ भने सेयर मूल्य ५२६ रुपैयाँ ३० पैसा रहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!