काठमाडौं। नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट औपचारिक रूपमा बिदाइ भएका छन्। नयाँ सत्ता समीकरण बनेसँगै पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि गृहमन्त्रालयको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजबाट औपचारिक रूपमा बिदाइ भएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणकाजी श्रेष्ठलाई फेरि पनि मन्त्रीमै कायम राख्ने भएका छन्।यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठ नयाँ गठबन्धनबाट पराराष्ट्रमन्त्री बन्ने भएका हुन्।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!