आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारनारायणगढ–मुग्लिनमा पहिरोले २ वटा बस बगाएर त्रिशुलीमा बेपत्ता, बसमा दर्जनौं यात्रु रहेको अनुमान 

नारायणगढ–मुग्लिनमा पहिरोले २ वटा बस बगाएर त्रिशुलीमा बेपत्ता, बसमा दर्जनौं यात्रु रहेको अनुमान 

by herdaherdaimedia
0 comments 13 views

चितवन।  नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।

घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।उहाँका अनुसार काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौं जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

उहाँले भन्नुभयो, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उहाँले यकिन विवरण भने आइनसकेको बताउनुभयो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment