निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल दोलखामा नयाँ नेतृत्व चयन

दोलखा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) दोलखामा नयाँ नेतृत्व चयन भएको छ। मङ्गलबार सदरमुकाम चरिकोटमा सम्पन्न १२औँ अधिवेशनबाट जगतबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिती चयन भएको हो ।

समितिको उपाध्यक्षमा राधिका बस्नेत, सचिवमा सूर्यकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश प्रधान चयन भएका छन्।

त्यस्तै सदस्यमा प्रेमबहादुर अछामे र महाधिवेशन प्रतिनिधिमा वेद बहादुर केसी रहेका छन्।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता