दोलखा। दोलखाको विभिन्न सार्वजनिक तथा धार्मिक क्षेत्रहरुमा वर्ल्डलिंक कम्युनिकेसन कम्पनिले निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।जिल्लाको सदरमुकाम चरिकोटमा रहेको यस संस्थाले ग्रामीण क्षेत्रका जनताले सरल तथा सहज रुपमा इन्टरनेट सेवा प्रदान गर्नको निमित्त निःशुल्क सेवा प्रदान गर्दै आएको हो ।
करिब २ बर्ष देखि सदरमुकाम चरिकोटबाट सेवा प्रदान गर्दै आएको यो संस्थाले दोलखाको भिमेश्वर प्रसिद्ध मन्दिर, दोलखा बजार, सदरमुकाम चरिकोट आसपास, किरातीछाप,सिङ्गटी बजार लगाएतका स्थानहरूमा निशुल्क फ्रि वाइफाई सेवा प्रदान गरेको दोलखाका मार्केटीङ प्रमुख संजिब खड्काले बताए।
धार्मिक तथा सामजिक क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरे सँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ ।उनको अनुसार आर्थिक वर्षमा जिल्लाको जुनसुकै ठाउहरुमा पुर्याउने योजना रहेको छ । उक्त संस्थाले सस्तो सुल्कमा, गौरीशंकर,तामाकोशी, भिरकोटमा सेवा बिस्तार गर्दै आएको छ भने आगामी दिनमा निशुल्क सेवा प्रदान गर्ने उनको भनाई छ ।
त्यस्तै सदरमुकाम चरिकोट स्थित आमाको माया छात्राबासमा पनि सामाजिक अभियन्ता राजन बस्नेतको पहलमा आज इन्टरनेट सेवा जडान गरिएको छ ।छात्राबासमा बसेका विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट पनि पठनपाठन गर्न सहयोग पुग्ने उदेश्यले जडान गरिएको उनले बताए।
छात्रबासमा संस्थाले निःशुल्क इन्टरनेट सेवा प्रदान गरेसँगै विधार्थीलाई पठनपाठनमा थप टेवा पु्ने अपेक्षा गरेको छात्रवास प्रमुख गणेश कुमार प्रजाले बताए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!