नेकपा (एकीकृत समाजवादी)को उपाध्याक्षको निर्वाचनको मतपरिणाम सार्वजनिक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्षको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी हुनुभएको छ । उपाध्यक्षमा निर्वाचित जोशी बाहेक तीनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हुनुहुन्छ ।

त्यस्तै, महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी हुनुभएको छ भने रामकुमारी झाक्री पराजित हुनुभएको छ । नेपाल पक्षले आफू निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो ।

 चार उपमहासचिव को नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

त्यस्तै, राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । चार उपमहासचिव को लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता