नेकपा माओवादी केन्द्र दोलखा: भीम बहादुर श्रेष्ठ ‘अविरल’ सचिवमा सर्वसम्मत चयन

दोलखा, भदौ ४ — नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाको सचिव पदमा भीम बहादुर श्रेष्ठ ‘अविरल’ सर्वसम्मत रूपमा चयन भएका छन्। बुधबार दोलखास्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम जिल्ला भेलाले श्रेष्ठलाई सर्वसम्मत सचिव चयन गरेको हो।

सुरुमा सचिव पदका लागि चार जना उम्मेदवार—बिश्वास कार्की ,सन्तोष केसी, उपेन्द्र अधिकारी र सुब्बा श्रेष्ठ —बीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो। तर, छलफल र सहमतिपछि अन्ततः भीम बहादुर श्रेष्ठ ‘अविरल’लाई सर्वसम्मत रूपमा सचिवको जिम्मेवारी दिन सहमति जुटाइएको पार्टी स्रोतले जनाएको छ।

भेलामा जिल्ला समन्वय समितिका सदस्यहरू, पार्टीका स्थानीय तहका इन्चार्जहरू, वाइसीएल ,महिला संगठन र अन्य शुभेच्छुकहरूको पनि उपस्थिति थियो।

सचिवमा चयन भएपछि भीम बहादुर श्रेष्ठले पार्टीलाई संगठनात्मक रूपमा अझ मजबुत बनाउने, स्थानीय तहमा माओवादी आन्दोलनलाई पुनः सक्रिय बनाउने र जनतामाझ पार्टीको उपस्थितिलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related posts

नेकपा एकीकृत समाजवादीको चौथो स्थापना दिवस चरिकोटमा मनाइयो

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेटवार्ता

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट