काठमाडौं, भदौ ६ – नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा तीज विशेष कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै आयोजित उक्त कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, कलाकार तथा काठमाडौं उपत्यकामा बसोबास गर्ने दोलखाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, तीज गीत, नृत्य, तथा महिला सशक्तीकरणका विषयमा विचार विमर्श समेत भएको थियो। सहभागीहरूले तीज पर्वलाई सामाजिक एकता, संस्कृतिको जगेर्ना र आत्म–अभिव्यक्तिको पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए।
समितिका पदाधिकारीहरूले तीज कार्यक्रमले सम्बन्ध सुदृढीकरण र पार्टीसँग समुदायको सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!