अबिरल बस्नेत `सुरज´
दोलखा — नेकपा माओवादी केन्द्र विगु-२ ओराङको वडा सम्मेलन सम्पन्न भएको छ। शनिबार ओराङडाँडामा आयोजित सम्मेलनले दिपक ठकुरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गर्दै कार्यसमिति चयन गरेको हो।
सम्मेलनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य नर बहादुर ठकुरी र नेपाली कांग्रेस वडा-२ का पार्टी सचिवसहित दुई दर्जनभन्दा बढी नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नर पाख्रीन रहेका थिए।
कार्यक्रममा विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, नेकपा माओवादी केन्द्र विगु गाउँपालिका अध्यक्ष रमेश ठकुरी, दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेती, अखिल नेपाल खेलकुद महासंघ दोलखाका अध्यक्ष विमल ओली, वाइसीएल विगु गाउँपालिका इन्चार्ज युवराज खत्री, जनप्रतिनिधि, बुद्धिजीवी, र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र विगु-२ का अध्यक्ष डिल बहादुर तामाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन मनोज ठकुरीले गरेका थिए।
वडा कमिटीको नयाँ नेतृत्वले माओवादी केन्द्रलाई स्थानीय तहमा थप मजबुत बनाउने प्रतिवद्धता जनाएका छन्।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!