नेपालको मछिन्द्र क्लब र भारतको मोहन बगानबीचको खेल आज

काठमाडौं । ‘ए’ डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानसँग खेल्दैछ ।

खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ः१५ बजे शुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्रले मोहन बगानलाई हराउन सकेमा प्लेअफमा पुग्नेछ ।

यो खेल जित्ने टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टोलीसँग प्ले अफ खेल्नेछ । दक्षिण एसियाली क्षेत्रको प्लेअफ जित्ने एक टोली एएफसी कपको समूह चरणमा पुग्नेछ । समूह चरणका खेलमा हरेक टोलीले ‘होम एण्ड अवे’ को आधारमा खेल्नेछ ।

Related posts

टप एण्ड टी-२० सिरिज: आज पाकिस्तानसँग भिड्दै नेपाल

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

शान्ति आदर्श मावि लादुकलाई अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि