आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home Bannerनेपालमा बेलाको २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा बेलाको २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

by herdaherdaimedia
0 comments 5 views

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अब्दुल बासिदले बेलाको नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । कतार र बेलायतमा स्थापित बनिसकेको ब्राण्ड बेलाले नेपालमा पनि आक्रामक बजार विस्तारको योजना बनाइरहेको समयमा जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमको उद्घाटन गरिएको हो । यो काठमाडौँपछिको दोस्रो स्वरुम भएको बताइएको छ ।

सोरुमको उद्घाटन कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल मसिदले जानकारी दिए । होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेशका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गर्न गरेका छैनौँ, मधेशका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’

सिईओ बसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको दावी गरे । ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन् । सही सामग्री खरिद गरेकोमा उहाँहरुलाई गौरवानुभूति हुने छ,’ उनले भने ।

जनकपुरमा पाइला चाल्दा आफूहरु विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उनले बताए । आफू सानो उमेरमै रोजगारीको सिलसिलामा कतारमा पुगेर र आफ्नो पौरखले व्यापारमा हात हालेको भन्दै अहिले विदेशमा सिकेको सिप, ज्ञान र अनुभव देशमा पनि लगाएको उनको भनाइ छ । देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो स्वरुप स्थापना गर्न सफल भएको बताए । उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रोमोसनमा मात्रै नेपाल आएका ेनभई युवाहरुलाई हौसता दिन पनि आएको बताए । नेपालमा लगानीको वातावरण नभएपनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ ।

उनले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको धारणा समेत राखे ।

यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको धारणा राखे । नेपालमा ढुंगामुढा गर्ने राजनीतिक दललले भन्दा विदेशमा भाँडा माझ्ने गैरआवासीय नेपालीलाई देशका माया हुने पनि उनले धारणा राखे । सो क्रममा अब्दुल वासिदको नेपालमा लगानी आम युवाहरुलाई एक शिक्षा भएको धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । उनले बासिदले गरेको लगानी नेपालमा उदाहरणीय भएको धारणा राख्दै नेपालमा रोजगारीको सिर्जना गर्दै आर्थिक समृद्धिमा लाग्नुपर्नेमा धारणा राखे ।

बेकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए । उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । बासिदले नेपालमा करिब २५ करोडको लगानी बेकोमा गरेको बताइएको छ । उनको कम्पनीमा करिब ४५० कार्यरत रहेका छन् ।

बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत र कतारमा निकै लोकप्रिय छन् । दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरु उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत वसिदले बताए । बेलाकोले नयाँ टेक्नोलोजी प्रयोग गरेर उपकरणहरु निर्माण गर्छ । यसले आम मानिसको वैनिकीलाई सहज बनाउन सघाएको छ । विदेशमा बनाएर घरघरमा पुर्याउँदै आएको बेलाको ब्राण्डका उपकरणहरु नेपालमै उत्पादन गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ

बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयागका सामग्री उत्पादन गर्दै आएको छ । बेलाको ब्राण्ड प्रवर्धनका लागि ब्राण्ड एम्बसहरमा प्रदीप खड्का रहेका छन् । सो कार्यक्रममा खड्काको पनि उपस्थिति रहेको थियो भने आफू स्तरीय ब्राण्डमा जोडिन पाउँदा गौरवान्वित भएको बताए ।

बेलाको ब्राण्डले आफ्नो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाएको छ । कम्पनीले आफ्ना उत्पादन ग्राहकको प्रमुख रोजाई बन्दै गइरहेको दाबी गरेको छ। कार्यक्रममा बेलाका अध्यक्ष हाजी मोहम्मद इस्राइलसहित विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय अगुवालगायतको उपस्थिति रहेको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment