नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घट्यो 

हेर्दाहेर्दै डेक्स,काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 आज छापावाल सुन तोलाको १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता