राजकुमार भुजेल,दोलखा।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनबाट पुनः अर्जुन पाख्रिनको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिती चयन भएको हो।
कार्यसमितिको उपाध्यक्षमा धनराज तामाङ ,कोषाध्यक्षमा राजकुमार भुजेल, सचिवमा मार्मेन तामाङ र सहसचिवमा किशोर कुमार गुरुङ चयन भएका छन्।त्यस्तै सदस्यहरुमा क्रमशः दावा तामाङ,सुजन थामि,प्रेम कुमार तामाङ र मुना गरुङ चयन भएका छन्।
अधिवेशनको अवसरमा फोनिज दोलखालाई सहयोग गर्ने मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तमाङ,भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, विगु गाउँपालिकाका उपाध्यक्ष देवीका थामीलाई सम्मान गरेको थियो भने जनजाति पत्रकारहरुको प्रतिनीधीत्व गदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लक्ष्मण थामी, पत्रकार महासंघ बागमति प्रदेश कमिटीका सदस्य राजन थामी र पत्रकार महासंघ दोलखाका सह-सचिव गोविन्द थामीलाई पनि सम्मान गरिएको थियो ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!