राजकुमार भुजेल,दोलखा।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ दोलखाको अध्यक्षमा प्रदिप नारायण मानन्धर चयन भएका छन् । शनिबार सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा भएको दोस्रो जिल्ला अधिवेशनबाट मानन्धर अध्यक्षमा चयन भएका हुन्।
त्यस्तै संघको उपाध्यक्षमा नवराज न्यौपाने ,सचिवमा गणेश कुमार श्रेष्ठ, सह सचिवमा तुंगराज आचार्य चयन भएका छन् भने सदस्यहरुमा क्रमशः रतिराम शिवाकोटी,कृष्ण शिवाकोटी,डम्बर बहादुर तामाङ,कोमल बहादुर कार्कि,शरण कुमार प्रधान चयन भएका छन्।
अधिवेशनमा केन्द्रीय प्रतिनिधि विश्वनाथ कोइराला, बागमती प्रदेश अध्यक्ष गोपाल गिरी, नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामा,पुर्व पार्टी सभापति रुद्र खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङ्कर चौलागाइँ लगाएतको उपस्थिती रहेको थियो
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!