नेपाल प्रिमियर लिगकाे उपाधि जनकपुरलाई

काठमाडौं । 

नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले जितेको छ ।शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

जितसँगै च्याम्पियन जनकपुरले ट्रफी सहित नगद रु १ करोड १० लाख प्राप्त गरेको छ । पराजित हुदै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले नगद रु ५१ लाख प्राप्त गरेको छ । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । 

एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता