नेप्से २ हजार तल झर्यो 

काठमाडौं। साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार १४.८१ अंकले घटेर १९९१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन रुरु जलविद्युत कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, पोखरा फाइनान्सको ६.७४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ६.५० प्रतिशत, दोल्तस् पावर कम्पनीको ५.६० प्रतिशतले सेयर मूल्य घटेको छ । 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता