चरीकोट, २६ साउन – दोलखाको चरीकोटमा रहेको एपेक्स स्कुलले सोमबार विद्यालयमै लाखे नाच प्रस्तुत गरेर विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
पढाइ मात्र होइन, विद्यार्थीहरूलाई परम्परागत संस्कृति र चिन्तन सिकाउन विद्यालयले यस्तो कार्यक्रम गरेको हो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आफैंले लाखेको मुखौटा, बाजा र नृत्य तयार पारेका थिए।
कार्यक्रममा कोरियाबाट आएका पाहुना विद्यार्थीहरूले पनि रमाइलो गरेका थिए। उनीहरूले नेपाली संस्कृतिको यस्तो झल्को देख्न पाउँदा उत्साहित भएको बताएका छन् ।
प्रधानाध्यापक नसिव कायस्थका अनुसार, यस्ता कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै व्यवहारिक ज्ञान र संस्कृति बुझ्न मद्दत गर्छ।
विद्यालयले केही दिनअघि जनैपूर्णिमाको अवसरमा पनि रक्षाबन्धन विशेष कार्यक्रम गरेको थियो।
यस्ता कार्यक्रमले संस्कृतिप्रति चासो र संरक्षणको भावना विकसित गर्छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!