आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारनेप्से परिसूचक २७.३९ अंकले घट्यो

नेप्से परिसूचक २७.३९ अंकले घट्यो

by herdaherdaimedia
0 comments 9 views

काठमाडौं ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा बन्द भएको छ। आज सेन्सेटिभ इण्डेक्स ३.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

आज ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४.३४ रुपैयाँको कारोबार भएको छ ।आज एनएलजी इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड १७ लाख ६१ हजार ६ सय ६८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय २ रुपैयाँ रहेको छ ।

आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, सोमबार १ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने इष्टन हाइड्रोपावरको सेयर मूल्यमा ८.५० प्रतिशतले घटेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment