पहिरोमा परेर दोलखा घर भएका प्रमुख सेनानी मिलन केसीको मृत्यु

राजकुमार भुजेल,दोलखा।

पहिरोमा परेर दोलखा घर भएका प्रमुख सेनानी मिलन केसीको मृत्यु भएको छ। शनिबार दिउँसो सिन्धुपाल्चोकको सुनकोशी–४ मा अबिरल बर्षासँगै आएको पहिरोमा परि उनको मृत्यु भएको हो।

भिमेश्वर नगरपालिका – ८ घर भएका केसी नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत रहेको पाइएको छ। केसी दुई कोरियन नागरिक सहित सुनकोशी गाउँपालिका–४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा शुक्रवार पुगेका थिए । सो क्रममा सुतिरहेको बेला २ साथिहरुलाई माथिबाट आएको पहिरोले पुरेको थियो।

साथिहरुलाई पहिरोले पुरेपछि बचाउ गएका उनि गम्भीर घाइते भएका थिए। पहिरोमा परी गम्भीर घाइते भएका उनको गम्भिर चोटपटक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता