दोलखा। जिल्ला उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिंगटी जोड्नेदोलखा-सिंगटी सडक अवरूद्व भएको छ ।
शनिबार राति चरिकोट-सिंगटी सडक अन्तर्गत झमार्सी सडक खण्ड पहिरोले बगाएपछि दुवै तर्फका यातायात अवरुद्ध भएको हो ।सदरमुकाम आउने जाने ठुला सवारीसाधन बिच बाटोमै अलपत्र परेका छन्। सडक छेउको आधि भाग तलतिर झरेको छ ।
साना एक पाङ्ग्रे सवारीसाधन तथा एम्बुलेन्स चले पनि ठुला सवारीसाधन चल्न सकेका छैनन्। त्यस्तै साना सवारीसाधन चलेपनि पहिरो बगिरहेका कारण यात्रा जोखिमपूर्ण रहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!