आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारपहिरो पीडित ३४ घरधुरीलाई जस्तापाता वितरण

पहिरो पीडित ३४ घरधुरीलाई जस्तापाता वितरण

by herdaherdaimedia
0 comments 6 views

दोलखा – गौरीशंकर गाउँपालिका ७ स्थित मार्वुका पहिरो पीडितलाई जस्तापाता वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बीच असल छिमेकी नेपाल नामक संस्थाको सहयोगमा पहिरो प्रभावित ३४ घरधुरीलाई जस्तापाता वितरण गरिएको हो ।
गत साउन १८ गते राति गएको पहिरोबाट क्षति भएका परिवारलाई राहत स्वरुप प्रति घरधुरी २ बन्डलका दरले जस्तापाता वितरण गरिएको हो ।

कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य सोयमबहादुर खड्का, नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटीका अध्यक्ष जंगबहादुर गुरुङ र असल छिमेकी नेपालका सचिव प्रकाश भुजेलको उपस्थिति रहेको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment