आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home घटना/परिघटनापाँच एआईजीको सरुवा

पाँच एआईजीको सरुवा

by herdaherdaimedia
0 comments 9 views

काठमाडौँ । नक्कली भुटानी शरणार्थीको प्रकरणमा मातहतमा प्रहरी अधिकारीहरुसँग समन्वय गर्ने एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । शुक्रबार सेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ ।

थापाको स्थानमा कार्यविभाग प्रमुख मीरा चौधरीलाई पठाइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । राईले सरुवा प्रकृयामा असन्तुष्टि जनाएका थिए ।

मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ । सरुवा मापदण्ड बनाउने भण्डारीको पनि ५ महिनामा सरुवा भएको हो ।

३ एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत् राखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मातहत प्रहरीसँग समन्वय गरिरहेका ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका थिए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment