आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home खेलकुदपुष २६ देखि पुरुष भलिबल तथा बृहत साँकृतिक कार्यक्रम हुने

पुष २६ देखि पुरुष भलिबल तथा बृहत साँकृतिक कार्यक्रम हुने

by herdaherdaimedia
0 comments 0 views

दोलखा । दोलखामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वर्गीय हेमन्त कुमार प्रधानको २२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र १ ले खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।

आउँदो पुष २६ देखि २९ गते सम्म दोलखाको पर्यटकीय क्षेत्र जिरी बजारमा उक्त प्रतियोगिता हुन लागेको हो। बाग्मती प्रदेश भित्रका १३ जिल्लाका खेलाडीले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुनेले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुनेले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ताका लागि पौष २६ गते विहान १० बजे सम्मको समय तोकिएको आयोजकले जनाएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment