दोलखा, भदौ ४ –नेकपा एमाले दोलखा जिल्ला कमिटीको सातौं पूर्ण बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नु संविधानको मर्म, राष्ट्रपतिको गरिमा र लोकतान्त्रिक मूल्य विपरीत हुने निष्कर्ष निकालेको छ। बैठकमा उपस्थित बहुमत सदस्यहरूले पूर्व राष्ट्रपतिले फेरि पार्टी राजनीतिमा सक्रिय हुने प्रयासलाई असान्दर्भिक र अनुपयुक्त ठहर गरेका हुन्।
बैठकमा सहभागी नेताहरूले राष्ट्रपतिजस्तो सर्वोच्च गरिमा भएको पदमा रहिसकेपछि त्यसपछि पनि दलगत राजनीति गर्न खोज्नु संविधानको मर्म र संवैधानिक पदप्रतिको सम्मानविरुद्ध हुने धारणा राखेका थिए।
बैठकको निर्णय यस्तो छ:
“पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कनु उपयुक्त होइन। राष्ट्रपतिको गरिमा, लोकतान्त्रिक परम्परा र संविधानको भावना अनुसार उनी गैरदलीय भूमिकामा सीमित रहनुपर्छ।”
अन्य निर्णयहरुः
नेकपा एमाले दोलखाको सो बैठकले संगठन सुदृढीकरण, भ्रष्ट्राचारविरुद्ध अभियान, सदस्यता नवीकरण, समावेशी नेतृत्व, जनप्रतिनिधिको मूल्यांकनलगायतका महत्वपूर्ण निर्णयहरू पनि पारित गरेको छ।
बैठकले हालै प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका दोलखाका सांसद क. भरत बहादुर केसीलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!