पेट्रोल २ रुपैयाँ र डिजेल ५ रुपैयाँले बढ्यो

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।

निगमका अनुसार भोलि बिहान १ बजे देखि लागु हुने गरि साविकको खुद्रा विकी मूल्यमा पेट्रोलमा प्रति लिटर  २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ५ रुपैयाँले वृद्धि गरिएको छ।

साथै, हवाई इन्धन र एल. पि. ग्यासको विक्री मूल्य यथावत राखिएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता