आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारपवटी बोलेरो दुर्घटना अपडेट: १६ जना घाइते, घाइतेहरुको पहिचान (नामावली सहित)

पवटी बोलेरो दुर्घटना अपडेट: १६ जना घाइते, घाइतेहरुको पहिचान (नामावली सहित)

by herdaherdaimedia
0 comments 4 views

दोलखा। दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुधबार बिहान मेलुङ–३ कुनेबाट मलामी लिएर तामाकोशी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा अनियन्त्रित भएर दुर्घटना परेको हो ।

दुर्घटनामा सवारमा १६ जना मध्ये ६ जना मध्यम घाइते र १० जना सामान्य घाइते भएको प्रहरी चौकी किरातीछापँ दोलखाले जनाएको छ।

यस्तो छ दुर्घटना परि घाइतेहरुको नामावली;

मध्यम घाइतेहरु:

१)मेलुङ गाउँपालिका -३ का अन्दाजी ५७ बर्षिया टिका बहादुर कार्की)

२मेलुङ गाउँपालिका -३ का अन्दाजी ६५ वर्षिय पुष्प बहादुर कार्की

३) मेलुङ गाउँपालिका -४ का अन्दाजी ५० बर्षिया अर्जुन खड्‌का

४) मेलुङ गाउँपालिका -४ का अन्दाजी ५० वर्षिय बिर बहादुर कार्की

५) मेलुङ गाउँपालिका -४ का अन्दाजी ४५ वर्षिय कृष्ण बहादुर कार्की

सामान्य घाइतेहरु : 

६) मेलुङ गाउँपालिका – ३० वर्षिय हरी बहाद कार्की 

७)मेलुङ गाउँपालिका – ३ का अन्दाजी ५५ वर्षिय अर्जुन कार्की

८)मेलुङ गाउँपालिका -३ का अन्दाजी ३१ वर्षिय केदार कार्की 

९) मेलुङ गाउँपालिका -३ का अन्दाजी ४३ वर्षिय मनोज बहादुर कार्की 

१०)मेलुङ गाउँपालिका -३ का अन्दाजी ४५ वर्षिय खम्ब बहादुर कार्की 

११)मेलुङ गाउँपालिका -३ का अन्दाजी ४० डिल्ली कार्की 

१२) अन्दाजी ४३ वर्षिय गुम्ब कार्की 

१३)अन्दाजी ४० वर्षिय बिष्णु बहादुर कार्की 

१४) अन्दाजी ५० वर्षिय भक्तबहादुर कार्की 

१५) अन्दाजी १८ वर्षिय समिर खड्का 

१६) अन्दाजी १८ वर्षिय केदार कार्की 

विहान ८ बजे मेलुङ–३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो मेलुङ १ पवटीस्थित भटमासेमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। उक्त दुर्घटना परि घाइतेहरुको उपचार सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।


Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment