आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home घटना/परिघटनापौडी डिलमा अट्किएको ढुङ्गाले गौरीशंकरको छापगाउँ जोखिममा

पौडी डिलमा अट्किएको ढुङ्गाले गौरीशंकरको छापगाउँ जोखिममा

by herdaherdaimedia
0 comments 5 views

वर्षाले बगाएर ल्याएको ढुङ्गा अड्किदा दोलखाको गौरीशंकर २ स्थित छाप गाउँ जोखिममा परेको छ ।शनिबार राती देखिको निरन्तर वर्षाले पौडी डिल भन्ने स्थानमा ढुङ्गा अट्किएपछि उक्त ढुङ्गा बस्तीमा खस्ने जोखिम बढेको हो ।

ढुङ्गाले बस्तीमा निम्त्याउन सक्ने सम्भावित क्षती रोक्नको लागि गौरीशंकर गाउँपालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए ।

आईतबार विहानै नेपाली सेना, नेपाल प्रहरी सहितको टोली वोलाएर अनुगमनका लागि पुगेको उनले वताए । ‘ढुङ्गाले पुर्याउन सक्ने संभावित जोखिमबारे अनुगमनपछि यसको व्यवस्थापन थाल्नेछौं ‘ उनले भने ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment