भाद्र ९, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (विप्लव समूह) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच आज ललितपुरको हरिसिद्धिमा भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता विप्लवको निवासमा भएको हो।
दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, वामपन्थी एकता, र संभावित सहकार्यबारे छलफल भएको बताइएको छ।
औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!