आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

प्रतिनिधि सभाका सांसद कार्कीद्वारा निर्माणाधीन जिरी माविको भवन निरीक्षण

Home समाचारप्रतिनिधि सभाका सांसद कार्कीद्वारा निर्माणाधीन जिरी माविको भवन निरीक्षण

प्रतिनिधि सभाका सांसद कार्कीद्वारा निर्माणाधीन जिरी माविको भवन निरीक्षण

by herdaherdaimedia
0 comments 3 views

दोलखा। 

प्रतिनिधिसभाका सदस्य माननीय सांसद ग‌ंगा कार्की (विश्व) ले निर्माणाधीन जिरी माविको भवन निरीक्षण गरेका छन ।शुक्रबार सांसद कार्कीले जिरी नगरपालिका स्थित जिरी माविको नयाँ बन्दै गरेको भवनको निरीक्षण गरेका हुन् ।

दोलखा जिल्लाको सामुदायिक विद्यालयमध्ये पुरानो एक ऐतिहाँसिक विद्यालयको रुपमा परिचीत जिरी माविको निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको छ । सन १९६० मा स्थापना भएको उक्त बिद्यालय विनाशकारी भुकम्पका कारण क्षतिग्रस्त बनेको थियो । २०७६ साल जेठ २८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच कार्यान्वयन सम्झौता भएपश्चात् झन्डै भुकम्प गएको सात वर्षपछि काम सुरु भएको थियो । चीन सरकारको अनुदानमा १ अर्ब ३६ करोडमा सम्झौता भएको जिरी माबी एक नमुना विद्यालय बन्नेछ ।निरीक्षणको क्रममा सांसद कार्कीले नयाँ भवनले जिरी माविलाई मात्रै नभई सिङ्गो जिरी र छिमेकी जिल्लासमेतलाई ठूलो फाइदा पुग्ने बताए । उनले नयाँ भवन निर्माण अवधिभित्रै सम्पन्न हुने बिश्वास समेत व्यक्त गरेका छन । त्यस्तै जिरी माविको निर्माणकार्य ९५ प्रतिशत सकिसकेकोले सम्झौताको मिति भित्रनै काम सम्पन्न गरी हस्तान्तरण गरिने प्रोजेक्ट म्यानेजर लान मिङ छ्याङले बताए ।

चिन सरकारद्वारा निर्माणधीन जिरी माविको सुबिधा सम्पन्न भवन सम्झौता बमोजिम समयमै नेपाल सरकार एबं बिद्यालयलाई हस्तान्तरण गरिने भएकोमा आफू लगाएत सिङ्गो जिरीबासीमा थप खुशी मिलेको जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलले बताए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment