काठमाडौं, २१ साउन – संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।
आजको बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने तयारी छ।
त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ माथि राष्ट्रिय सभाबाट गरिएका संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
विधेयकमाथिको छलफलपछि संसद्ले उक्त विधेयकहरूलाई अघि बढाउने वा परिमार्जन गर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ।
संसद्को आजको बैठकमा अन्य विषयमा पनि छलफल हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।