आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मुल्य,आज राति १२ बजेदेखि...

Home समाचारप्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मुल्य,आज राति १२ बजेदेखि लागु हुने

प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मुल्य,आज राति १२ बजेदेखि लागु हुने

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ।

त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

नयाँ मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment