आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको तयारी पुरा

Home समाचारप्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको तयारी पुरा

प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको तयारी पुरा

by herdaherdaimedia
0 comments 3 views

राजकुमार भुजेल,दोलखा। दोलखामा भोलि देखी हुने प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ।

दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म खेलमार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ “प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका शहीद कमरेड रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” को तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन मार्फत सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिए।

रित बहादुर खड्‌का ‘प्रताप’ को व्यक्तित्व र कृतित्व र स्मृतिको निरन्तरताका लागि जिल्लामा पहिलोपटक सर्वाधिक पुरस्कार राशिको खेल हुन लागेको उनले बताए ।

प्रतियोगिताको उद्घाटन  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  टंकलाल घिसिङले गर्नेछन् भने समापन बागमती प्रदेशका  सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नेछिन्।‌

प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल सदरमुकाम चरिकोट स्थित भिमेश्वर रंगशालामा हुनेछ । खेलमा बाग्मती प्रदेश भित्रका सबै जिल्लाका खेलाडीको सहभागिता रहनेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment