आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

प्रधानमन्त्री चढेको हेलिकप्टर घाइतेको उद्धारमा, नियमित उडानबाट काठमाडौं फर्कँदै

Home Bannerप्रधानमन्त्री चढेको हेलिकप्टर घाइतेको उद्धारमा, नियमित उडानबाट काठमाडौं फर्कँदै

प्रधानमन्त्री चढेको हेलिकप्टर घाइतेको उद्धारमा, नियमित उडानबाट काठमाडौं फर्कँदै

by herdaherdaimedia
0 comments 8 views

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग भएको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको एमआई–८ हेलिकप्टरमा चढेर बिहान जाजरकोट र रुकुम गएका थिए । तर उनी अब सुर्खेतबाट दिउँसो साढे २ बजे काठमाडौं फर्कने र उनी चढेको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग हुने सचिवालयले जनाएको छ ।

प्रचण्डले जाजरकोटको नलगाडबाट सुर्खेत फर्कने क्रममा ७ जना घाइते र कुरुवालाई आफू चढेकै हेलिकप्टरमा उद्धार गरेका थिए । उनले  विभिन्न क्षेत्र र अस्पतालमा पुगेर भूकम्प पीडितसँग कुराकानी गरे भने सरकारी निकाय र सेना प्रहरीलाई उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment