आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । नेपाली कांग्रेससँग गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुग्नुभएको हो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ ।कांग्रेससँगको सहमति अनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।

एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संविधान अनुसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ । तर बहुमत सांसद विपक्षमा भएपछि उहाँले राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment