आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारप्रधानमन्त्री प्रचण्ड भोलि दोलखा आउदै

प्रधानमन्त्री प्रचण्ड भोलि दोलखा आउदै

by herdaherdaimedia
0 comments 5 views

राजकुमार भुजेल , दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (शुक्रबार) दोलखा आउने भएका छन्। दोलखा उद्योग बाणिज्य संघ ले आयोजना गरेको १० दिने बृहत् दोलखा महोत्सवको उद्घाटन गर्न उनी दोलखा आउन लागेका हुन्।

महोत्सवको उद्घाटन शुक्रबार ११ बजे हुनेछ। उनि हेलिकप्टर मार्फत दोलखा आएर औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ। महोत्सवले समग्र दोलखाको पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा राष्ट्रमाझ चिनाउदै विकासमा फड्को मार्ने लक्ष्य आयोजकले लिएको छ।

महोत्सवको सम्पूर्ण काम तयारी पुरा भएको छ। महोत्सव आगामी पुष २२ गतेसम्म चल्नेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment