आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home Bannerप्रभावशाली नेताले पार्टी छाड्ने निर्णयपछि दोलखा एमालेमा हलचल

प्रभावशाली नेताले पार्टी छाड्ने निर्णयपछि दोलखा एमालेमा हलचल

by herdaherdaimedia
0 comments 4 views

अबिरल बस्नेत `सुरज ´

दोलखा, ११ असोज — स्थानीय तहमा रिक्त पदका लागि निर्वाचन घोषणा भएसँगै दोलखा एमालेमा हलचल सुरु भएको छ । जिल्लामा एमालेका प्रभावशाली नेता मानिएका र हाल गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा प्रभावशाली उम्मेदवारका रूपमा हेरिएका डिल्लीध्वज बस्नेतले पार्टी छाडेपछि दोलखा एमालेमा संकट चुलिएको हो ।

बस्नेतले शुक्रबार पछिल्लो राजनीतिक परिवेश र ब्यक्तिगत कारण देखाएर राजीनामा दिँदै पार्टीबाट अलगिएको घोषणा गरेपछि रिक्त स्थानीय तहको उम्मेदवारलाई लिएर दोलखा एमालेमा खैलाबैला मच्चिएको छ ।

त्यसोत, लामो समयदेखि दोलखामा रही एमाले राजनीतिमा सक्रिय रहेका बस्नेत, एमाले दोलखाका जिल्ला कमिटी सदस्य थिए । २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं ५ को अध्यक्षमा भारी मतान्तरले विजयी भएका बस्नेतले गाउँपालिकाका प्रवक्ता र शिक्षा विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। गौरीशंकर गाउँपालिकाभित्र उत्कृष्ट काम गर्ने वडाध्यक्षको पहिचान बनाएका बस्नेतलाई पार्टीले २०७९ मा पनि वडाध्यक्षकै उम्मेदवार घोषणा गरेर अन्तिममा अर्कै व्यक्तिलाई टिकट दिएको थियो । त्यसयता पार्टीभित्र असन्तुष्ट देखिएका उनले अन्ततः पार्टी नै परित्याग गरेका हुन् ।

पार्टीमा लामो समय योगदान गरेका सदस्यहरूलाई उपेक्षा गर्दै बाहिरका ब्यक्तिहरुलाई टिकट दिन थालेपछि जिल्लाका पुराना नेताहरु एमाले पार्टी छाड्न बाध्य भइरहेका छन् । यसअघि, एमालेकै नवराज खड्काले पनि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसवेला एमालेले अधिकांश वडामा बाह्य पार्टीबाट ल्याइएका ब्यक्तिलाई उम्मेदवार बनाएको थियो । सो समयमा वडा नं ७ को वडाअध्यक्षमा उठेका एमालेका उम्मेदवारले नेपाली काँग्रेसका उम्मेदवारलाई २० लाखमा मत बिक्री गरेको आरोप लागेको थियो ।

त्यसयता एमालेको निर्णय प्रक्रियामा असमानताले पार्टीभित्र चरम असन्तुष्टि देखिइरहँदा अझै थप उम्मेदवारहरूको पार्टी छोड्ने सम्भावना बढेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment