हेर्दाहेर्दै डेक्स, दोलखा।
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा कार्यलयहरुमा एटिएम सेवा विस्तार गर्ने क्रममा आज देखि कालिन्चोक गाउँपालिका – ३ स्थित सिंगटीमा आफ्नो नयाँ एटिएम जडान गरी कारोबार सञ्चालनमा ल्याएको छ। बैंकको सिंगटी शाखा कार्यालयमा जडान गरीएको एटिएम को समुद्घाटन कालिञ्चोक गाउँपालिका – ३ का वडाध्यक्ष दल बहादुर तमाङले गरेका छन् ।
बैंकको सिंगटी शाखा कार्यालयको एटिएम समुद्घाटन गर्दै दल बहादुर तमाङले प्रभु बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुविधाको मध्यनजर राख्दै घन्टौं सम्म बैंकमा लाइन वसी नगद झिक्नु पर्ने बध्यतालाई अन्त्य गर्ने हेतुले स्थापना गरीएको उक्त एटिएमले सम्पूर्ण ग्राहक महानुभावहरुलाइ फाईदा पुग्नुको साथै शाखा कार्यलय भित्र अनावश्यक भिडभाड नहुने र समयको बचत समेत हुने बताए। प्रभु बैंकले आगामी दिनहरुमा स्थानिय क्षेत्रको आर्थिक विकासको लागि विशेष योगदान सहितका कार्यक्रमलाई अगाडि लैजाने आशा सहित बैकंको उत्तोरउत्ततर प्रगतीको शुभकामना व्यक्त गरे । बैंकको सिंगटी शाखा कार्यालयको एटिएम समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको सिंगटी शाखा कार्यालयको एटिएम मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले सरल र सहज ढङ्गले नगद झिक्ने सुविधा उपभोग गरी लाभान्वित हुने देखिएको छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!