प्रमोद पन्तको संगीतमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक

काठमाडौँ । संगीतकार प्रमोद पन्तको संगीतमा रहेको गीत ‘खोकी लाग्दा हर्रो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक ईश्वर पोखरेल ‘अविरल’ र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की र निर्देशक गम्भीर विष्टको अभिनय रहेको छ ।

गीतको शब्द पोखरेली कवि तथा गीतकार शिव पलाँसले लेखेका हुन् । योगेशकाजी शाहको संगीत संयोजन रहेको गीतको रेकर्डिङ र मिक्सिङ मनोज परियारले गरेका हुन् ।

अमृता रिजाल निर्माता रहेको भिडियोको निर्देशन र कोरियोग्राफी मोडल विष्टले नै गरेका हुन् । भिडियोको रंग संयोजन र सम्पादन प्रविन भट्टले गरेका हुन् । भिडियो गायक पोख्रेलकै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता