आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home Bannerप्रेम पूर्ण प्रताप फाउण्डेशनद्वारा जिरीका २५० विद्यार्थीलाई स्वेटर वितरण

प्रेम पूर्ण प्रताप फाउण्डेशनद्वारा जिरीका २५० विद्यार्थीलाई स्वेटर वितरण

by herdaherdaimedia
0 comments 4 views

अबिरल बस्नेत ` सुरज ´

दोलखा । प्रेम पूर्ण प्रताप फाउण्डेशनले जिरी नगरपालिका-६ स्थित सहिद आवासीय विद्यालयका २५० जना विद्यार्थीलाई स्वेटर वितरण गरेको छ। जाडो मौसम सुरु भएसँगै कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो।

फाउण्डेशनका संस्थापक अध्यक्ष पद्मा प्रधानको सहयोग र जिरी-७ का अध्यक्ष शान्ता नेपालीको पहलमा आइतबार विद्यालयमा स्वटर वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केन्द्रज्योति खड्काले प्रेम पूर्ण प्रताप फाउण्डेशन, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव सन्तोष फुयाल, र जिरी-७ का अध्यक्ष शान्ता नेपालीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे।

वडाअध्यक्ष नेपालीले फाउण्डेशनले हरेक वर्षजस्तै यो वर्ष पनि विद्यार्थीलाई जाडोबाट बच्न सहयोग गरेकोमा आभार प्रकट गर्दै भविष्यमा पनि यस किसिमको सहकार्यको अपेक्षा राखेका छन्।

प्रेम पूर्ण प्रताप फाउण्डेशनले यसअघि पनि दोलखा जिल्लामा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment