राजकुमार भुजेल,दोलखा।
प्रेस चौतारी नेपाल दोलखा शाखामा नयाँ नेतृत्व चयन भएको छ। बिहिबार सदरमुकाम चरिकोट सम्पन्न भएको शाखाको ८ औं अधिवेशनबाट श्रीजन कुमार घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
समितिको उपाध्यक्षमा अर्जुन पाख्रीन, लाक्पाली शेर्पा , सचिवमा गणेश बुढाथोकी ,सहसचिवमा प्रकाश बस्नेत, सुजन थामी र कोषाध्यक्षमा फुर्वा तामाङ चयन भएका छन्। सदस्यहरुमा क्रमशः मुना गुरुङ, देवराज मगर र प्रदिप सेन्चुरी चयन भएका छन् भने केन्द्रिय प्रतिनिधिमा प्रभु जिरेल, महेन्द्र श्रेष्ठ, शर्मिला बुढाथोकी चयन भएका छन्।
त्यस्तै प्रदेश प्रतिनिधिमा ताराबहादुर महत, उषा तामाङ, र तारादेबी बस्नेतलाई चुनिएको छ। प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उदघाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्ब सञ्चार मन्त्री पार्वत गुरुङले गरेका थिए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!