दोलखा। नेपाल प्रेस युनियन जिल्ला शाखा दोलखाले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम चरिकोटमा मङ्गलबार एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न गरेको हो । ए
भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर,पुर्व पार्टी सभापति उद्धव काफ्ले, नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा, काङ्ग्रेस दोलखाका नेता तारा खड्का,रुद्र खड्काको उपस्थितिमा भित्तेपात्रो सार्वजनिक गरेका थिए।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा,प्रेस काउन्सिल नेपालका सदस्य चिरन्जीवी मास्के, भिमेश्वर नगरपालिकाका नगर प्रमुख मानन्धर,पुर्व पार्टी सभापति काफ्ले, नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति लामा,पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रिजन कुमार घिमिरे,प्रेस सेन्टर दोलखाका अध्यक्ष सुरज बस्नेत (अबिरल ),प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगाएतले शुभकामना मनतव्य व्यक्त गरेका थिए।
त्यस्तै युनियनका अध्यक्ष सुजन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता पेज डटकमका सम्पादक सन्तोष भुजेल, नेपाल प्रेस युनियन बागमती प्रदेशका सचिव राजन बस्नेत, रेडियो भिमेश्वरका स्टेशन म्यानेजर गोकर्ण भण्डारी, प्रेस सेन्टर दोलखा शाखाका सदस्य तथा हेर्दाहेर्दैकर्मी राजकुमार भुजेल (निर),नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष उपेन्द्र सुबेदी,सुशिला कार्की , सचिव सुवास बस्नेत (अनमोल) ,सहसचिव प्रेम तामाङ लगाएत सञ्चारकर्मी,नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!