राजकुमार भुजेल,दोलखा। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति, दोलखाको पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।बुधबार सदरमुकाम चरिकोट स्थित होटल एमब्रोसियामा पुर्व सभामुख एवम् नेकपा (माओवादी) केन्द्रका प्रवक्ता अग्नीप्रसाद सापकोटासँग पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख आतिथी प्रवक्ता सापकोटाले दोलखाका पत्रकारहरुले उठान गरेका प्रश्नको मनन गर्दै जिल्लाको आर्थिक राजनैतिक, उधोग, कलकारखाना जलविद्युत,सडकका विषयलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिएका थिए। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङकर चौलागाईंले जिल्लाको उत्तरी क्षेत्रमा रहेको गौरीशंकरबाट छिमेकी रास्ट्र चिन सँग जोड्ने सडक, खरिढुङ्गामा रहेको फिल्म सिटी, जलविद्युत लगाएतका जिल्ला भित्रका महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राखेर केन्द्र देखि सदन सम्म दोलखाको विकासमा सबैको ध्यान दिनुपर्ने जस्ता कुराहरू राखेका थिए।
“प्रवक्ता सापकोटालाई मायाको चिनो दिदैं प्रेस सेन्टर दोलखाका अध्यक्ष सुरज बस्नेत”
त्यस्तै प्रेस सेन्टर दोलखाका अध्यक्ष सुरज बस्नेत (अबिरल) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभामुख सापकोटा,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य खतिवडा,प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष खड्का, पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाईं लगाएतको मन्तव्य व्यक्त गरेका थिए भने पुर्वमन्त्री विशाल खड्का, बागमती प्रदेश सभा सदस्य भरत बहादुर केशी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य सन्तोष सिंह भुजेल,प्रेस सेन्टर दोलखाका पुर्व अध्यक्ष शिवकुमार भुजेल,पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जिवन लामा, पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रिजन कुमार घिमिरे, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ (ज्योति),सचिव सन्तोष फुयाल,नेकपा एमाले दोलखा अध्यक्ष नर श्रेष्ठ,एकीकृत समाजवादी दोलखाका अध्यक्ष भिम दहाल लगायत बिभिन्न संञ्चार माध्यममा आवद्ध सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!