फर्कियो सेयर बजारमा उत्साह

काठमाण्डाै । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अङ्कले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा पुगेको छ । यसअघि वैशाख ३ गते साेमवार नेप्से परिसूचक दुई हजार विन्दुमाथि थियाे ।

आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कर्पाेरेट विकास बैंक र इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ समग्रमा बजार बढेको दिन पोखरा फाइनान्स समूहको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय २० वटा कम्पनीका एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता