दोलखा , साउन ३१ : कालिन्चोक गाउँपालिका–४, नरिभुइमा अवस्थित रनबहादुर थामीको टहरामा शुक्रबार (साउन ३० गते) विहान टहरा नजिकै रहेको पुरानो बरको रुख अचानक ढलेको छ। ढलेको रुखले थामीले बसोबास गर्दै आएको टहरामामाथी खसेर ठूलो क्षति पुर्याएको हो।
घटना भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कालिन्चोक गाउँपार्टी र वाईसीएल नेपाल, दोलखाको सक्रियतामा दुई महिनासम्म चलिरहेको ‘श्रम र उत्पादनसँग जोडिएको अभियान’ अन्तर्गत सो रुख हटाउने कार्य सम्पन्न गरिएको छ।
सुरक्षा सावधानी अपनाउँदै स्थानीय कार्यकर्ता तथा जिल्लाका वाइसीएल युवाहरूको सहयोगमा जस्ताको टहरामाथि खसेको रुख हटाइएको र थप क्षति हुन नदिइएको वाइसीएल दोलखाले जनाएको छ।
यस प्रकारको सहकार्यबाट स्थानीय बासिन्दामा राहत महसुस भएको बताइएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!